उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

हिमशिखर सम्वाददाता काठमाण्डौ २७ जेष्ठ २०८०, शनिबार ०६:२३

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

प्रदेशको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ।

स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शबलाई अस्पताल पुर्याएका थिए। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन्।

सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ।

Next Post

विमान दुर्घटनाको ४० दिनपछि अमेजन जङ्गलमा जीवितै भेटिए ४ बालबालिका

२७ जेष्ठ २०८०, शनिबार ०६:२३
  जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाँच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ, त्यस प्राणीलाई बचाउन सकिँदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ, उसलाई कालले पनि केही गर्न सक्दैन। कोलम्बियामा यस्तै चमकत्कार भएको छ। […]