प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको मन्दिरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

हिमशिखर सम्वाददाता काठमाण्डौ १९ जेष्ठ २०८०, शुक्रबार ०६:३२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकालेश्वरको मन्दिरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने भएका छन्।

काठमाडौंबाट ल्याइएको विशिष्ट प्रकारको रूद्राक्षले उनले शुक्रबार बिहान  ११ बजे मध्य प्रदेशस्थित महाकालेश्वर मन्दिरमा पूजा गर्ने भएका हुन्।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। सो अवधिभर मन्दिरका पण्डा र पुजारीमात्र जान पाउनेछन्।

मन्दिरमा प्रधानमन्त्री पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने भएका छन्।

Next Post

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

१९ जेष्ठ २०८०, शुक्रबार ०६:३२
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ । भारतमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु […]