नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

हिमशिखर सम्वाददाता काठमाण्डौ १९ जेष्ठ २०८०, शुक्रबार ०७:३३

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

भारतमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु भएको थियो । तर, शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० वटा क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफको तयारीका लागि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

Next Post

रास्वपाको चेतावनी: सांसदलाई पैसा बाँड्न पाइँदैन

१९ जेष्ठ २०८०, शुक्रबार ०७:३३
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ। पार्टी उपसभापति तथा सांसद डोलप्रसाल अर्यालले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजको माग गर्दै बिहीबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कोष […]