रास्वपाको चेतावनी: सांसदलाई पैसा बाँड्न पाइँदैन

हिमशिखर सम्वाददाता काठमाण्डौ १९ जेष्ठ २०८०, शुक्रबार ०९:१९

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ।

पार्टी उपसभापति तथा सांसद डोलप्रसाल अर्यालले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजको माग गर्दै बिहीबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कोष ब्यूँताउँदै प्रतिसांसद पाँच करोड रुपैयाँ दिइने घोषणा गरिएको छ।

कोषका लागि कुल ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्युँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले चर्को विरोध गरेको हो।

संकल्प प्रस्तावमा कोष खारेज गर्नुपर्ने तीनवटा कारण उल्लेख छ। मुलुकको अर्थतन्त्र धरासायी भएको, कोष विकेन्द्रीकरणको अवधारणाविरुद्ध रहेको र भ्रष्टाचारलाई बढावा दिइएको रास्वपाको भनाइ छ।

Next Post

रारामा म्याराथन प्रतियोगिता हुने

१९ जेष्ठ २०८०, शुक्रबार ०९:१९
मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ। श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो। प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिएका हुन्। सहभागी खेलाडी राराताल […]

सम्बन्धित समाचार