४ वर्ष सम्म सरकारले सर्वाेत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेन

यस वर्षको सर्वाेत्कृष्ट निजामती पुरस्कार कसैले नपाउने

हिमशिखर संवाददाता २२ भाद्र २०७७, सोमबार ०९:२८

 

काठमाडौं । सरकारले यस वर्ष पनि सर्वाेत्कृषट कर्मचारी भेउन सकेकाे छैन । १७ अाै निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेकोमा यस वर्षकाे सर्वाेत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो ।
सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ ।
आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् । तर, एक जनाले मात्रै पाउने २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले छनोट गर्न सकेन ।

पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ । तर सर्वोत्कृष्ट पुरस्कारका लागि कोही पनि छनौट नहुँदा देशभर कार्यरत झण्डै एक लाख कर्मचारीहरुमध्ये एक जना पनि सर्वोत्कृष्ट काम गर्ने कर्मचारी रहेनछन् त भन्ने प्रश्न उब्जिएको छ ।

Next Post

नेपालगन्जमा मंगलबार एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

२२ भाद्र २०७७, सोमबार ०९:२८
नेपालगन्ज :बाँकेमा मंगलबार एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजे नेपालगन्ज उपमहानगरपालिका(१६ की ८० वर्षीया महिलाको र बिहान ९स्२० बजे अर्घाखाँचीको शितगंगा नगरपालिका(१२ का ४२ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको हो। २१ भदौदेखि नेपालगन्ज मेडिकल […]