जाजरकोट मा बुलेरे जीव दुर्घटना हुदा  एक जनाको घटनास्थलमै मृत्यु

हिमशिखर संवाददाता २२ श्रावण २०८१, मंगलवार १७:३३

जाजरकोट मा बुलेरे जीव दुर्घटना हुदा  एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने वर्ष ३४ का मान बहादुर वली रहेका छन् ।

मङ्गलवार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइते हुनेहरूमा भेरी नगरपालिका–६ बस्ने वर्ष २८ कि सपना बि.क, वर्ष ३५ कि भूमिका शाही, वर्ष १९ कि दुर्गा पुन, वर्ष १९ कै बिन्दु शाही, वर्ष ५५ कि मोती लुहार, वर्ष १७ कि सिता पुन, वर्ष २१ कि धनसरा खड्का, वर्ष ८० का कलिमान खत्री, वर्ष २८ कि भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, वर्ष ३६ कि कल्पना खत्री, वर्ष ३३ कि अस्मिता खत्री, वर्ष ३१ कि पार्वती उपाध्याय र वर्ष ४० कि हिरा सार्की रहेकी छिन् ।

जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

Next Post

नक्कली प्रहरीकाे भेषमा अपराधिक गतिविधि गर्ने दुई व्यक्ति पक्राउ

२२ श्रावण २०८१, मंगलवार १७:३३
नक्कली प्रहरी प्रहरीकाे भेषमा लुटपाट गरि अपराधिक लाभ लिन खाेज्ने दुई व्यक्तिलाई पक्राउ गरिएकाे छ । प्रहरीकाे ब्युराे टाेली हाैँ भन्दै अपराधिक लाभ लिन खाेज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । गत शुक्रबार राती साढे १० बजेकाे समयमा चन्दननाथ नगरपालिका-१ एयरपाेर्ट स्थित कान्जिराेवा हाेटलमा बास बसिरहेका २ जनालाई विशेष […]