नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जुम्लाका सचिव प्रकाश उपाध्याय नेपाल पत्रकार महासंघकै निर्णय विरुद्ध उभिएका छन्।
नेपाल पत्रकार महासंघ जुम्लाले जिल्ला भित्रका उत्कृष्ट पत्रकारलाई दिदै आएको पुरस्कार यो वर्ष पुन: दिन लाग्दा गरेको निर्णयमा सचिव उपाध्यायले विरोध जनाएका हुन।
उनले उक्त पुस्कारमा वितरण गर्ने निर्णयमा आफूलाई बाहिर राख्ने किसिमको निर्णयप्रति आपत्ति जनाएका छन्।
सचिव उपाध्याका अनुसार सो निर्णय गर्ने बैठकमा उपस्थित हुन नसकेको दिनमै गरिएको हो, जसलाई गलत र बद्नियतपूर्ण भन्दै तत्काल सच्याउन माग गरेका छन्।
उपाध्याले चेतावनी दिंदै भनेका छन्, “यदि यस्तो निर्णय तत्काल सच्याइएन भने नेपाल पत्रकार महासंघभित्रको जिम्मेवार संगठनको हैसियतमा प्रेस युनियन यसको विपक्षमा उभिनेछ।”
उनले सहकर्मी पत्रकारप्रति पूर्वाग्रही नभई आपसी विश्वास र पारदर्शिताको आधारमा अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।



