सुन प्रकरण: माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ चैत्र २०८०, सोमबार ११:३२

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे। महरालाई आजै काठमाडाैँ ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदनमा आयोगले सुन तस्करीमा महराकाे संलग्नता देखिएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियाे।

उनीमाथि इलेक्ट्रिक चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा महराको संलग्नता भएकाे आराेप छ। यसअघि आयोगले महरासँग बयानसमेत लिएको थियाे।

आइतबार मात्रै गृहमन्त्री लामिछानेले सुन प्रकरणमा मुछिएका महरासहित सबै जनामाथि तत्काल कारबाहीकाे प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।

Next Post

जुम्ला‐रारा अल्ट्रा म्याराथन हुँदै

५ चैत्र २०८०, सोमबार ११:३२
कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी बैशाख १ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन हुने भएको छ। १ हजार सम्म खेलाडी सहभागी गराउने लक्ष्य राखिएकाे छ।जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ। क्लबका अध्यक्ष सरोज शाहीले […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।