डाँडाकोटमा काटिएको विद्युत सेवा सुचारु

महेश चाैलागाँई १७ भाद्र २०८२, मंगलवार १४:४५

चन्दननाथ नगरपालिका–३ डाँडाकोट क्षेत्रमा अवरुद्ध भएको विद्युत आपूर्ति पुनः सुचारु भएको छ।

सोमबार साँझ नेपाल विद्युत प्राधिकरण, जुम्ला वितरण केन्द्रले नयाँ मिटर जडान गर्ने सवालमा विवाद आएपछि लाईन काटिएको थियोे।

मंगलबार जिल्ला प्रशासन कार्यालय र डाडाकोटबासीबीच जिल्ला प्रशासन कार्यलयमा छलफल भइ सहमति भएपछि विद्युत सुचारु गरिएको वितरण केन्द्रका प्रमुख राम आशिष् साहाले जानकारी दिए।

उनका अनुसार सबै घरमा नयाँ मिटर जडान गर्ने सहमति भएपछि लाईन सुचारुका लागि जनशक्ति पठाइएको छ।

Next Post

भीषण वर्षाले गगने खोलामा सडक पुनः अवरुद्ध, यात्रुलाई सतर्क रहन आग्रह

१७ भाद्र २०८२, मंगलवार १४:४५
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा भदौ १४ गतेदेखि अवरुद्ध भएको सडक तीन दिनपछि भदौ १७ गते दिउँसो १२ बजेतिर सञ्चालनमा आएको थियो। तर, आझै   साँझ साढे ५ बजेपछि परेको भीषण वर्षाका कारण पुनः सडक अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार अविरल वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ […]