जुम्ला जिल्ला चन्दननाथ नगरपालिकाका सातौं अधिकृत क्षेत्र बुढथापा साईबर अपराध अनुसन्धानका लागी पक्राउ परेका छन्। सामाजिक सञ्जालमा उक्त नगरपालिकाका मेयर राजु सिंह कठायतलाई बारम्बार धम्की दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागी पक्राउ गरेको हो।
आईतबार दिउँसो मेयर कठायतले आफुलाई सामाजिक सञ्जालमा स्टाटस मार्फत धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका हुन्। कठायतले जाहेरी दिए पशचा प्रहरीले अनुसन्धानका लागी अभियुक्त बुढथापालाई पक्राउ गरेको हो।
आफु पदधारण गरे पश्चात् विभिन्न तवरले धाक धम्की दिने तथा काम गर्न असहज हुने जस्ता क्रियाकलाप गर्दै आएको मेयर कठायतको भनाई छ । उनकाअनुसार बुढथापाले ईनबक्समा समेत बिभिन्न खाले धम्की दिने गरेका हुन।
यो भन्दा अगाडि सहदैं आएको तर बुढथापाको अराजकपन बढ्दै आएकाले प्रहरीमा जाहेरी दिएको कठायतको भनाई छ।