पहिरोमा पुरिएर अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

महेश चाैलागाँई १९ असार २०८०, मंगलवार १६:०२

अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ मा पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ। मंगलबार (आज) विहान ८ बजे घरमाथिबाट आएको पहिरोले घर पुर्दा च्यापिएर तीन जना बालबालिाकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको रहेका छन्। उनीहरुलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Next Post

जुम्ला र दाङ घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

१९ असार २०८०, मंगलवार १६:०२
जुम्ला र दाङमा भएका जातीय विभेदका घटनाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।बुधबार समाजवादी दलित मुक्ति संगठन नेपालले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेरा बाट निकालिएकोलगायत देशैभरि भएका जातीय विभेदका विरूद्ध माइतिघरमा खबरदारी कार्यक्रम गरेको हो। आइतबार बिहान जुम्लाको तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको थियो। उक्त […]