प्रधानमन्त्रीले गरे शिक्षकका मागबारे मन्त्री र सचिवहरूसँग छलफल

हिमशिखर संवाददाता २६ चैत्र २०८१, मंगलवार ००:२९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Next Post

हाेटेल पाैवाद्वारा जुम्लामा स्वाद उत्सवकाे आयाेजना

२६ चैत्र २०८१, मंगलवार ००:२९
होटेल पौवाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा ‘स्वादउत्सव’ काे  आयाेजना गरेकाे छ । आजदेखि जुम्ला शाखामा भव्य रूपमा सुरु भएको स्वाद उत्सव । २९ गतेसम्म चल्ने चल्ने हाेटेल पाैवा जुम्लाका शाखा प्रबन्धक थानेश्वर भण्डारीले जानकारी दिए । यो उत्सवले नेपाली सत्कार, हस्पिटालिटी र जुम्लाको मौलिक स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने […]