गगने खाेलाकाे अबरुद्ध सुचारु जिते गाड सडक खण्डमा सास्ती

हिमशिखर संवाददाता १६ असार २०८२, सोमबार ०८:४२

अविरल वर्षापछि आएकाे पहिराेले अबरुद्व कर्णाली राजमार्ग सुचारु भएको छ  । गएरातीदेखि भईरहेकाे अविरल वर्षापछि आएकाे गगने खाेलामा आएकाे ठुला ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे  थियाे ।

कर्णाली राजमार्ग अन्तरगत जिते गाड मा  ठुला ढुङ्गा सहितको  पहिले  सडक अबरुद्ध भएको छ ।

वर्षातकाे समय भएकाले सडककाे अबस्था बुझेेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुराेेध गरेकाे छ । सडक अबरुद्व भएपछि जुम्लादेखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी राेकिएका छन् ।

Next Post

नेपाल सुन चाँदी व्यावसायी संघ जुम्लाले पत्रकार सम्मेलन माफत ध्यानाकर्षण

१६ असार २०८२, सोमबार ०८:४२
नेपाल सरकार अर्थमन्त्रालयबाट आ.व. ०८२/०८३ को लागि प्रस्तुत गरिएको बजेट वक्तव्य मार्फत सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थरलाई विलासिता वस्तुको रुपमा जोडेर थप असहज व्यवस्था गरिएको हुनाले सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थर व्यवसायी देखि आम उपभोक्ता सम्मलाई थप करको मारमा पर्ने भएकोले नेपाल सुन चाँदी व्यावसायी संघहरुको गम्भिर आपत्ति […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।