पुराना दलहरुलाई रविकाे सुझाव- कि चार वर्षभित्र काम गर्नुस्, कि राजनीतिकाे सटर बन्द गर्नुस्

महेश चाैलागाँई १२ आश्विन २०८०, शुक्रबार ११:०७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरुले आगामी संघीय चुनाव केन्द्रीय गरेर मिसन ८४ अभियान गरेकाे फिटिक्कै नसुहाएकाे टिप्पणी गरेका छन्। सभापति लामिछानेले पुराना दलहरु मिसन ८४ अभियान चलाउनुभन्दा बाँकी ४ वर्ष मिलेर काम गर्नु राम्राे हुने सुझाव दिएका छन्।

पुराना दलहरुकाे लागि २००७ देखि नै अवसर नै अवसर रहेकाले अब अर्काे मिसन चलाउनुकाे अर्थ नरहेकाे लामिछानेकाे भनाइ छ।

रविले दलहरुलाई कि मिलेर काम गर्न त कि राजनीतिकाे सटर बन्द गर्न अपिल गरेका छन्।

यस्ताे छ लामिछानेकाे टिप्पणी:

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।

तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०, मिशन ८१, मिशन ८२, मिशन ८३ छँदैछ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।

राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।

Next Post

सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते

१२ आश्विन २०८०, शुक्रबार ११:०७
सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो । भ्यानमा सवार अधिका‌श शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द […]