कर्णालीमा माओवादी केन्द्रका राजकुमार सर्मा मुख्य मन्त्री  बन्दै

किष्ण जि.सीकाे मन्त्री हुने सम्भावना बलियाे

हिमशिखर संवाददाता २५ पुष २०७९, सोमबार २१:१०

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने  भएकाछन । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक  सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो ।

०७४ मा पनि १३ सिट सहित दोस्रो स्थानमा रहेको माओवादीका महेन्द्रबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने छन् । उनी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएर निर्वाचित भएका हुन् ।

यस्तै नेकपा माओवाद केन्द्रका कर्णाली प्रदेस उपाध्यक्ष किष्ण जि.सी (जितेन्द्र)काे पनि मन्त्री  बन्ने सम्भावना प्रवल रहेकाे छ । माओवादी  केन्द्रकाे नेत्तृत्वमा सरकार गठनकाे लागि अथक प्रयास गरेका जि.सी आफ्नाे प्रयासमा सफल भएकाछन ।

माओवादी  भित्र ईमानदार नेताकाे छवि बनाउन सफल जि.सी पुर्व जनमुक्ति सेनाका बृगेड कमान्डर भैसकेका हुन ।हाल सम्म कुनै लाभकाे पद नलिएर लामाे समय  सम्म पाटी संगठन निमार्णमा निरन्तर लागेकाेले पार्टीका कार्यकर्ताले यतिबेला मन्त्री बनाउनु पर्ने भनेर पार्टी नेतृत्वलाई  दवाव दिइरहेकाे  माओवादीका एक नेताले जानकारी दिएकाछन ।

Next Post

दुई सातापछि तराईको मौसममा आंशिक सुधार

२५ पुष २०७९, सोमबार २१:१०
तराईको मौसममा केही सुधार आएको छ। दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ। यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा […]