राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : ओली

हिमशिखर सम्वाददाता काठमाण्डौ २२ चैत्र २०७९, बुधबार १९:१८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताउनुभयो ।

‘राष्ट्रियगानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ’, ओलीले भन्नुभयो, ‘तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।’

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायका लागि ओबीसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताउनुभयो ।

गरिबी अन्त्य गरी समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उहाँको भनाइ थियो । वीरगञ्जमा रहेकाे टाउन हलमा सुरु भएको ओबीसी महासङ्घको महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

Next Post

रुकुमपूर्वमा सिस्नो टिप्न गएका दुई दिदी–बहिनीको हत्या !

२२ चैत्र २०७९, बुधबार १९:१८
रुकुमपूर्वमा सिस्नाे टिप्न गएका एउटै घरकी दुई दिदी–बहिनी मृत फेला परेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बुधबार सिस्नो टिप्न गएका तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर बिहीबार बिहान मृत फेला परेका हुन्। दुई दिदी–बहिनीले लगाएको गरगहना लुटपाट गरी विभत्स हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको […]