जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको झारज्वालामा सुरू

महेश चाैलागाँई २५ कार्तिक २०७८, बिहीबार २१:५९

ख्यमन्त्री कपको लागि जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको झारज्वालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पछि पहिलो खेल पातारासि गाउँपालिका र तातोपानी गाउँपालिका बिच भएको थियो । तातोपानी गाउँपालिकाको टीमलाई सोझो तिन सेटले पराजित गर्दै पातारासि गाउँपालिकाको टीम विजयी भएको छ ।

यस्तै दोस्रो खेल हिमा गाउँपालिका र गुठीचौर गाउँपालिकाको बिच भएको छ । दुई÷दुई सेटको बराबरीमा १५÷११ मा १५ अंक ल्याएर गुठीचौर गाउँपालिकाको टीम विजयी भएको रेफ्रि लक्ष्मीवहादुर रावलले जानकारी दिए । भोली पहिलो खेल महिला तर्फ तातोपानी र पातारासी गाउँपालिकाको टीमका बिच हुनेछ भने दोस्रो खेल पुरुष तर्फ कनकासुन्दरी र पातारासि गाउँपालिको बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी गराएकाे छ ।

Next Post

मुगुमा आगलागि बाट २० वटा घर जलेर नष्ट

२५ कार्तिक २०७८, बिहीबार २१:५९
मुगु सदरमुकाम गमगढी मा आगलागी भएको छ । मुगु गमगढी तल्लो बजारमा राति साढे १२ बजे आगलागि भएको वडा नम्वर १ का वडा अध्यक्ष लोक बहादुर हितान ले जानकारी दिए । आगलागि बाट २० वटा घर जलेर नष्ट भएकाे कुनै । मानवीय क्षेति नभएकोछैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल […]