जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

हिमशिखर सम्वाददाता काठमाण्डौ २५ भाद्र २०८२, बुधबार १९:५१

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् ।

भारतीय मिडिया न्युज-१८ को कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्ने आफू तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई भने । मलाई विश्वास गरे । म छोटो समय सरकार चलाउन सक्छु । चुनाव गराउँछु । मैले स्वीकार गरेँ,’ उनले भनिन् । साथै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् ।

उनले पहिलो चरणमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्य सुरु गर्ने बताएकी छिन् । उनीहरूसँग मैले अन्तिम वार्ता गरेको छैन । विद्यार्थीहरूको मागअनुसार मलाई अत्यधिक भोट गरे । हामी उनीहरूको सहयोगमा सफल हुन्छौँ,’ उनले भनिन् ।  उनले सर्वोच्च अदालत, सिंहदरबार र सबै सरकारी भवन जलेको बताइन् ।

Next Post

चन्दननाथ नगरपालिका वडा नम्बर ७ मा तालाबन्दी गर्ने चेतावनी

२५ भाद्र २०८२, बुधबार १९:५१
चन्दननाथ नगरपालिका वडा नम्बर ७ का सचेत नागरिक समाजले ज्ञापन पत्रमार्फत जनतामुखी काम नभएको भन्दै तालाबन्दी गर्ने चेतावनी दिएका छन् । २५ गते सचेत नागरीक समाजले गरेको नागरिक भेलाले चन्दननाथ नगरपालीका ७ मा हुने विकास निर्माणको सवालमा पक्षपात गरी नागरिकका आवश्यकतालाई बेवास्ता गर्दै आएको र समाजसँग गरिएको छल‌फलको निर्णय विपरित […]