जुम्लाकाे चन्दननाथ नगरपालिकाका नगर प्रहरीकाे दिक्षित

महेश चाैलागाँई ४ भाद्र २०८१, मंगलवार १२:५९

जुम्लाको चन्दननाथ नगरपालिकाका नगर प्रहरी दिक्षित भएका छन्। एक महिने आधारभूत तालिम सकपछि एक समारो मार्फत नगर प्रहरीलाई दिक्षित गरिएको हो।

नगर प्रहरीलाई शसस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गण हेडक्वाटर जुम्लाले भर्ना छनाेट देखि आधारभू तालिम दिएकाे थियाे।

चन्दननाथ नगरपालिले नगरकाे शान्ति सुरक्षा मजबुद बनाउनका लागि असही जंग बहाद बुढा सहित जवान १३ जना गरि १४ जना नगर प्रहरी भर्ना गरेकाे थियाे चन्दननाथकी उपप्रमुख रामदेवी खड्काले बताइन्।

उनका अनुसार चार जना महिला नगर प्रहरी समेत रहेका छन्। दिक्षित भएसंगै नगर प्रहरीलाई काममा लगाइएको छ।

दिक्षित नगर प्रहरीलाई चन्दननाथका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपानेले सपथ ग्रहण गराएका हुन।नगरकाे शान्ति व्यवस्था, नागरिककाे सुरक्षाका लागि ईमान्दारिका साथ कर्यव्य पालाना गर्ने प्रतिवद्दता रहेकाे भन्दै पूरा गर्ने सपथ खाएका छन्।

दिक्षित नगर प्रहरीलाई चन्दननाथका उपमेयर रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दर्जानी चिन्ह प्रदान गरेका थिए।

फाेटाे : कनका टिभी
फाेटाे : कनका टिभी

Next Post

आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई रोजगारी दिन्छौं : मुख्यमन्त्री कँडेल

४ भाद्र २०८१, मंगलवार १२:५९
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका सहिद परिवारलाई चालु आर्थिक वर्षदेखि रोजगारी दिने निर्णाय गरिएको बताए । भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहिद परिवारका एकएक जनालाई रोजगारी दिने निर्णय गरिएको मुख्यमन्त्री कँडेलको भनाई छ । उनले चारजना सहिदहरुको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।