जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याएका छन् । एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आज बजेट ल्याएका छन् । जसमा सबै भन्दा बढि बजेट चन्दननाथ नगरपालिकाले ल्याएको छ, भने सबै भन्दा कम बजेट गुठिचौर गाउँपालिकाले ल्याएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ ।
यस्तै तातोपानीले ४९ कराेड, २७ लाख ३१ हजार २ सय, कनकासुन्दरीले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार, हिमाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।
आठै पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका विषय समेटेर बजेट ल्याएका छन् । अधिकांस स्थानीय तहले कृषि उत्पादनलाई प्राथमिकता राखेर बजेट ल्याएका छन् ।
Next Post

पनेलाखोलामा बगेर एक महिला बेपत्ता
११ असार २०८०, सोमबार १०:४६
जुम्ला गुठीचौर गाउँपालिका २ स्थित पनेलाखोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । आइतबार साँझ खोलामा बगेर गुठीचौर-२ की ४६ वर्षीया सरस्वती बुढा बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बुढा घट्ट पिस्न गएकी थिइन् । उनीसँगै २ वटा घट्टसमेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोस्टबाट […]
सम्बन्धित समाचार
-
४ भाद्र २०८२, बुधबार १६:२०
स्थानीय उत्पादनलाई बजारमा पुर्याउँदै राजेश महतको चिया साइट
-
१७ आश्विन २०८२, शुक्रबार ११:०२
जुम्लामा अटो दुर्घटना, ४ वर्षीय बालक गम्भीर घाइते
-
२२ श्रावण २०८१, मंगलवार १७:३३
जाजरकोट मा बुलेरे जीव दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु
-
१७ माघ २०८१, बिहीबार १६:५२
प्रेस चौतारी जुम्लाको अध्यक्षमा मानदत्त रावल निर्वाचित
-
२३ श्रावण २०८१, बुधबार १५:१५
नुवाकट मा हेलिकप्टर दुर्घटना मा परि ४ जना काे मुत्यु
-
१ भाद्र २०८२, आईतवार ०८:०४
जुम्ला जात्रामा तनाव भीड नियन्त्रणमा चुनौती पत्रकारमाथि आक्रमण


