जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याएका छन् । एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आज बजेट ल्याएका छन् । जसमा सबै भन्दा बढि बजेट चन्दननाथ नगरपालिकाले ल्याएको छ, भने सबै भन्दा कम बजेट गुठिचौर गाउँपालिकाले ल्याएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ ।
यस्तै तातोपानीले ४९ कराेड, २७ लाख ३१ हजार २ सय, कनकासुन्दरीले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार, हिमाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।
आठै पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका विषय समेटेर बजेट ल्याएका छन् । अधिकांस स्थानीय तहले कृषि उत्पादनलाई प्राथमिकता राखेर बजेट ल्याएका छन् ।
Next Post

पनेलाखोलामा बगेर एक महिला बेपत्ता
११ असार २०८०, सोमबार १०:४६
जुम्ला गुठीचौर गाउँपालिका २ स्थित पनेलाखोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । आइतबार साँझ खोलामा बगेर गुठीचौर-२ की ४६ वर्षीया सरस्वती बुढा बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बुढा घट्ट पिस्न गएकी थिइन् । उनीसँगै २ वटा घट्टसमेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोस्टबाट […]
सम्बन्धित समाचार
-
३१ भाद्र २०७७, बुधबार ०५:३६
काठमाडौंमा भूकम्पको धक्का
-
३ मंसिर २०८१, सोमबार १७:४५
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत कर्मचारी द्वारा तालाबन्दी
-
१६ आश्विन २०८०, मंगलवार १५:२९
नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू
-
१६ जेष्ठ २०८३, शनिबार १६:४७
गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को म्युजिक भिडियो सार्वजनिक
-
८ माघ २०८०, सोमबार १८:५९
चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना
-
२७ श्रावण २०८२, मंगलवार १७:३६
बैठकमा अनुपस्थित दिनमै निर्णय, पत्रकार महासंघ जुम्लाका सचिवकाे आपत्ति


