ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जुम्लाको जात्रामा यसपटक सुरक्षा व्यवस्थापन कमजोर देखिएपछि परिस्थिति असामान्य बनेको छ। भीड नियन्त्रणमा नेपाल सशस्त्र प्रहरी बल मात्र खटिए पनि नेपाल प्रहरीको प्रभावकारी उपस्थिति नदेखिएकाले सुरक्षामा त्रुटि भएको देखिन्छ ।
जात्रामा सहभागी भक्तजनको भीड बढ्दै जाँदा व्यवस्थापनमा समस्या आएपछि धक्का, मुक्की, कोलाहल र अव्यवस्था फैलिएको थियो। सुरक्षाकर्मीको पर्याप्त परिचालन नहुँदा भीड नियन्त्रणमै कठिनाइ भयो। यसै क्रममा तनावग्रस्त परिस्थितिमा एक सञ्चारकर्मीमाथि। घटनामा उनकाे क्यामेरा फुटाइएको को छ। सञ्चारकर्मी महेश चैलागाई माथि आक्रमण भएको हाे उनी बिएल नेपाली सेवा जुम्लाका सवादाता र हिमशिखर अन्लाईनका सम्पादक हुन । स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै पत्रकारहरुले घटनाको तीव्र निन्दा गरेका छन्।
घटनापछि सरोकारवालाले तत्काल सुरक्षा बल थप्नुपर्ने माग गरेका छन्। जात्रा हाम्रो संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। यस्तो बेला पर्याप्त सुरक्षा नभए दुर्घटना र विवाद झन् बढ्छ एक अर्का पत्रकार बिकम तिरुवाले भने, सञ्चारकर्मीमाथि नै आक्रमण हुनु दुखद कुरा हो।
यस घटनाबारे जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर स्थानीय नागरिक समाज र पत्रकार संघले निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी काे माग पत्रकार चैलागाईले कारबाहीको माग गरेका छन्
विशेषगरी धार्मिक तथा सांस्कृतिक पर्वमा हजारौं मानिस सहभागी हुने भएकाले पर्याप्त सुरक्षाकर्मी परिचालन, भीड व्यवस्थापन र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुनुपर्नेमा सबैको जोड छ।



