काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी बिच मगंलबार राती साढे २ घण्टा लामाे भेटवार्ता भएकाे छ
प्रधानट ओली र राजदूत हाउ बीचको भेटघाट तथा त्यसको एजेण्डाबारे दुबैतर्फबाट केही खुलाइएको छैन।
नेकपा भित्रकाे आन्तरिक किचलाे बढेकाे बेला चिनियाँ राजदुत संग भएकाे प्रधानमन्त्रीकाे भेटलाई राजनीतिक परिस्थितिफ र सरकारको स्थायीत्वमाथि नै केन्द्रीत रहेको बुझिएको छ।
गत बैशाख १९ गते केन्द्रीय सचिवालयमा पहिलो पल्ट ओली अल्मतमा परेपछि राजदूत हाउले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलगअलग भेटेर भोलीपल्ट निर्धारित केन्द्रीय सचिवालय बैठकमा ओलीलाई सहयोग गर्न आग्रह गरेपछि प्रचण्ड र नेपाल एकाएक दुबैले ओलीविरुद्धको एजेण्डालाई स्थगित गरेका थिए।
त्योसँगै एकतावद्ध भएर अघि बढ्ने उनीहरुले निर्णय गरेका थिए, ओलीको राजीनाको माग गौण बनेको थियो।