बेदबहादुर शाहीकाे अध्यक्षता २५ सदस्यीय जिल्ला समिति चयन गर्दै राष्टिय प्रजातन्त्र पार्टीको जुम्लकाे समायोजन भेलाले सकिएकाे छ ।
आइतबार जुम्ला बजारमा सम्पन्न भेलाले बरिष्ठमा उपाध्यक्षमा कालीबहादुर महत, उपाध्यक्षमा कृष्ण बुढा, अमृत कठायत, अँगतप्रसाद देबकोटा, शुकबिर नेपाली र देविकृष्ण न्यौपाने चयन गरेकाे छ ।
त्यस्तै सचिबमा तुलबहादुर कठायत, कोषाध्यक्ष विमल शाही र प्रवक्तामा अनिल थापा चयन भएकाछन ।
त्यस्तै वरिष्ठ नेता भवानीप्रसाद न्यौपानेको अध्यक्षतामा ५ सदस्यी सल्लाकार समिति पनि गठन गरिएको नव गठित
सकमितिका उपाध्यक्ष अंगत प्रसाद देवकोटाले जानकारी दिएका छन ।

राप्रपा र राप्रपा संयुक्त बिच पाटी एकता भएकाे लाकाे समय पछि जिल्लामा समायोजन भेला मार्फत एकीकृत समिति गठन भएकाे हाे ।