सिंजा गाउँपालिकाले माग्याे नीति,कार्यक्रम र बजेटका लागि सुझाव

के .बि अछुत ३० जेष्ठ २०८१, बुधबार २१:५७

जुम्लाकाे सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेट तर्जुकाे लागि सुझाव संकलनमा जुटेकाे छ । आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणकाे तयारीमा पालिका जुटे संगै सुझाव संकलनमा जुटेकाे हाे ।

यसै तयारी लाई मध्यनजर गर्दै सिंजा गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेटलाई प्रभावकारी र कार्यान्वयनमुखी बनाउन सुझाव मागेकाे हाे । बुधाबार सूचना जारी गर्दै सिंजा गाउँपालिका बासीलाई आबश्यक रचनात्मक सल्लाह सुझाव दिन अपिल गरेकाे सिंजा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत पबित्रा शाहीले बताउनुभयो । उहाँका अनुसार

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने बिषयहरुमा अमुल्य सुझावहरु दिन अनुराेध गरिएकाे बताउनुभयो । उहाँले भन्नुभयो, आगामी अषाढ ५ गते भित्र यस गाउँपालिकाकाे ईमेल ठेगानामा सुझाव पठाउन सूचना गरिएकाे बताउनुभएको छ ।

पालिका स्थित विभिन्न संघ सस्था, शिक्षक, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, ब्यवसायी, समाजसेवी, पेशाकर्मी, जनप्रतिनिधी, कर्मचारी, संचारजगत, नागरिक समाज, जेष्ठ नागरिक, अपाङ्ग, दलित, महिला, बालबालिका, पिछडिएका वर्ग तथा आम नागरिकहरुबाट आबश्यक सुझाव दिन आग्रह गरिएकाे छ ।

बजेटलाई मध्यनजर गरि कार्यान्वयनमुखी नीति तथा कार्यक्रम बनाउने तयारी गरिएकाे सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार धेरै महत्वकाँक्षी याेजना बनाएर कार्यान्वयन नगर्ने भन्दा पनि निश्चित नीति बनाउने तर पुर्ण कार्यान्वयन गर्ने पक्षमा हामी लागेकाे बताउनुभयो । उहाँले भन्नुभयो,
सुझाव पालिकाकाे ईमेल (ito.sinjamun@gmail.com) मा पठाउन र प्रत्यक्ष उपस्थित भएर पनि उपलब्ध गराउन सकिने अध्यक्ष धितालले बताउनुभयो ।

 

Next Post

नगरपालिकामा रहेका बालबालिकाका समस्य समाधान गर्न २६ बुदे मागपत्र पेश

३० जेष्ठ २०८१, बुधबार २१:५७
चन्दननाथ नगरपालिका नगर बाल संजालले २६ बुदे माग पत्र पेश गरेकाे छ । बालबालिकाकाे अधिकारलाई नगरपालिकाले सम्बाेधन नगरेकाे बालबालिकाले गुनासाे गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ मा बालबालिकाका लागि बजेटकाे व्यवस्थापन गर्न नगर बाल संजालले २६ बुदे मागपत्र नगरपालिकाकाे कार्यालयमा बुझाएकाे हाे । बालबालिकाका हक,अधिकारलाई कार्यनयन गर्न नगरापलिकाले आगामी […]