माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा कालिकाेटकी पञ्चा सिंह चयन भएकी छन्।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो।
अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो। प्रचण्ड सहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको थियाे।
अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतले पनि दाबी गरेकाे अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए।