तथ्यहीन भिडियो बनाएका अभियन्ता उपाध्यया ले मागे माफी

महेश चाैलागाँई ९ कार्तिक २०८०, बिहीबार १५:२८

तिला गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधिन १० शथ्याकाे अस्पतालकाे विषयमा तथ्यहीन भिडियाे सामग्री प्रसारण गरेका नन्दराज उपाध्यायले माफी मागेका छन् ।

तिला-४ का स्थानीयसमेत रहेका उपाध्यायले बिहीबार आफ्नाे फेसबुक पेज खबर बुलेटिन टिभीमा एक भिडियो बनाउँदै आफूले अस्पतालकाे विषयमा तथानाम बाेली बिना आधारमा भिडियो बनाएकाे भन्दै सम्बन्धित पक्षसँग माफी मागेका हुन् ।

उनले भनेका छन्,`सामाजिक अभियान्ताकाे नाताले म नन्दराज उपाध्यायले उपमेयर रामदेवी खड्का, उहाँका श्रीमान् चन्द्र खड्कालाई तथानाम बाेली विना आधार भिडियो बनाएकाे हुँदा मलाई साह्रै आत्मग्लानी भएकाे छ। म उहाँकाे समग्र परिवारप्रति विनम्रतापूर्वक माफी माग्न चाहन्छु।´

यस्तै उनले तिला गाउँपालिकाका अध्यक्ष माेतीलाल राेकाया, निवर्तमान अध्यक्ष रतननाथ याेगी, साइड हेरिरहेका प्राविधिक धनप्रसाद चाैलागाईं सबैले स्थानीयले जग्गा नदिएका कारण दस शैयाकाे अस्पताल बन्न नसकेकाे बताउनु भएकाे बताएकाे उनले बताएका छन् । उनीहरूले भनेकाे कुरा साेह्रै आना सत्य भएकाे उनकाे भनाइ छ ।

निर्माणकाे जिम्मा लिएका ठेकेदार जीवन राेकायाले जग्गा विवाद सल्टिने बित्तिकै काम सकाउन

Next Post

फाइनलमा चुक्यो नेपाल, यूएईले जित्यो उपाधि

९ कार्तिक २०८०, बिहीबार १५:२८
आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ […]