घरकै बच्चाले सलाको प्रयोग गर्दा जुम्ला काे मालाभिड मा आगलागी

महेश चाैलागाँई ६ पुष २०८१, शनिबार १७:०१

हिउँदको समयमा गाई भैंसीलाई खुवाउनका लागि संकलन गरिएको गाजो र पराल आगलागीले सखाप पारेको पण्डितले जानकारी दिएका छन्।

चन्दनाथ नगरपालीका वडा न ४ मा  घरकै बच्चाले सलाईको प्रयोग गर्दा भएको बताइएको छ। घटनास्थलमा आगो नियन्त्रणको प्रयास तत्काल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

समयमै आगो नियन्त्रण नगरिएको भए घरमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको प्रहरीको भनाइ छ।

Next Post

जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित

६ पुष २०८१, शनिबार १७:०१
जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ। रोमाञ्चक फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै आफ्नो नाममा ऐतिहासिक उपाधि दर्ता गरेको हो। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गर्दै ८७ रनको महत्वपूर्ण पारी खेले। उनको आक्रामक ब्याटिङले […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।