जुम्लामा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन: पहिलाे दिन ९३ जनाको अप्रेशन

महेश चाैलागाँई ५ बैशाख २०८०, मंगलवार २३:०२

नेपाल नेत्रज्याेती संघ चन्दनाथ आँखा अस्पताल जुम्लामा तिन दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ।

शिविरको पहिलो दिनमा तिन सय तिन जनाको आँखा जाँच सहित ९३ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रमकी जिल्ला संयोजक मिना आचार्यले बताइन्।

‘शिविरमा मोतियाबिन्दुबाट जटिल अवस्था भएका बिरामीले  नि:शुल्क सेवा पाएका छन्,’ उनले भनिन्।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ  आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको हो।

झण्डै दुई वर्षपछि जुम्लामा नि:शुल्क आँखा शिविर संचालन भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नेत्रराेग विशेषज्ञ डा. विश्वराज तिमिल्सिनाले बताए।

उनका अनुसार नेत्रविशेषज्ञ डा.सन्तोष सुबेदी नेतृत्वमाको प्राविधिक टोलीले शिविरमा सेवा दिइरहेकाे छ। शिविर बिहीबार सम्म संंचालन  हुनेछ।

 

Next Post

आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइँदै

५ बैशाख २०८०, मंगलवार २३:०२
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई […]

सम्बन्धित समाचार