विपद जाेखिम न्युनिकरण गर्न चन्दनाथ -१० मा समुदाय स्तरीय विपद मेला सम्पन्न

महेश चाैलागाँई १२ माघ २०८१, शनिबार १५:५६

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिकाकाे -१० मा समुदाय स्तरीय बिपद मेला कार्यक्रम गरिएकाे छ । घरमा हुने बिपद बाट कसरी बच्न सकिन्छ र बिपद बाट हुने हानी नाेक्सानीलाई नियन्त्रण गर्न समुदाय स्तरीय बिपद मेलाकाे आयाेजनाकाे कार्यक्रम गरिएको हाे ।

घरमा प्रयाेग हुने ग्यास हिटरकाे प्रयाेग गर्दा ध्यान दिनु पर्ने र अन्य बिपदमा पनि सजक रहनु पर्ने कार्यक्रममा बताइएकाे छ । समुदाय स्तरीय बिपद मेला कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत टाेप बहादुर खत्रीले विपद्को समयमा आवश्यक पर्ने उपकरण बेलैमा जोह गनुपर्नेमा जोड दिए ।

विपद् पर्दा त्यसको पूर्वतयारी तथा विपद्पछि उत्पन्न हुने समस्याबारे दरो मानसिकता नहुदाँ समेत समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै खत्रीले विपदपछि आउन सक्ने परिस्थिति बारे मनोवैज्ञानिक रुपले बलियो हुन आग्रह गरे विपद् व्यवस्थापनका लागी हरेक गाँउपालिकामा हेलीप्याड र वडा वडामा उपकरण सहित तालिम प्राप्त स्वयंसेवक हुनुपर्ने उनको भनाइ रहेकाे छ ।

त्यस्तै गरी नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि जिल्ला परियाेजना अधिकृत ईश्वरा सुवेदीले याे मेला बाट प्राप्त ज्ञान, सीप र चेतनाले समुदाय स्तरमा दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गरेकाे बताइन । उनले भनिन्, सिकेको सीपको निरन्तरता र प्रयोगका लागी थप तालिम र उपकरणको आवश्यकता रहेमा नेपाल रेडक्रस साेसाइटि हरदम साथमा रहेकाे बताइन ।

घरमा आगलागी हुने सम्भावना भएमा सबैभन्दा पहिला नआत्तिन उनकाे सुझाव रहेकाे छ । जनतालाई सुसुचित पार्नु जोखिम न्युनिकरणको पहिलो कार्य भएको बताइन ।

समुदाय स्तरीय बिपद मेलामा ग्यास सिलिन्डर कसरी प्रयाेग गर्ने, ग्यास लिग हुदा के गर्ने र यदि आगलागी हुने सम्भावना भएमा कसरी बच्न सकिन्छ भन्ने बिषयमा डेमा समेत प्रर्दशन गरिएको थियाे ।

Next Post

रबि लामिछाने रुपन्देहीबाट १ करोड धरौटीमा छाेड्न अदालतकाे आदेश

१२ माघ २०८१, शनिबार १५:५६
रबि लामिछाने रुपन्देहीबाट १ करोड धरौटीमा छुटे जुम्ला । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको हो । सुप्रिम सहकारीको रकम संगठित […]

सम्बन्धित समाचार