रबि लामिछाने रुपन्देहीबाट १ करोड धरौटीमा छाेड्न अदालतकाे आदेश

महेश चाैलागाँई १३ माघ २०८१, आईतवार १९:१६

रबि लामिछाने रुपन्देहीबाट १ करोड धरौटीमा छुटे
जुम्ला । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यस्तै स्वर्णलक्ष्मी सहकारीको वचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटी मागेको थियो ।

Next Post

प्रेस सेन्टरकाे स्थापना दिवशकाे अवसरमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फलफूल वितरण

१३ माघ २०८१, आईतवार १९:१६
प्रेस सेन्टर नेपालकाे २१ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ । प्रेस सेन्टर नेपाल जुम्लाले जुम्ला जिल्लाकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाकाे सुत्केरी वाडमा रहेका सुत्केरीलाई फलफूल वितरण गरेको हो । धर्म गरौँ पुण्य कमाऊ भन्ने भावनाका साथ नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठनका रूपमा रहेको प्रेस सेन्टर […]