प्रेस सेन्टर नेपालकाे २१ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ । प्रेस सेन्टर नेपाल जुम्लाले जुम्ला जिल्लाकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाकाे सुत्केरी वाडमा रहेका सुत्केरीलाई फलफूल वितरण गरेको हो ।
धर्म गरौँ पुण्य कमाऊ भन्ने भावनाका साथ नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठनका रूपमा रहेको प्रेस सेन्टर नेपाल जुम्लाले
समाज सेवालाई निरन्तरता दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गरिरहेका ९ जना बिरामीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टर नेपाल जुम्लाका अध्यक्ष मान बहादुर कुवँरले बताए । समाज सेवामार्फत दिवसलाई मनाउने क्रममा बिरामीलाई केही सहयोग गर्न पाउन खुसी व्यक्त गरेल। बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे सुत्केरी वाडमा पुगेको प्रेस सेन्टर नेपाल जुम्लाको टोलीले अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेकाे उनले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकि प्रसुती विभाग इन्चार्ज गुन्जन रावले प्रेस सेन्टर नेपालले गरेकाे फलफूल वितरणले स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउने काम गरेको प्रति खुसी लागेकाे बताइन् । उनले भनिन् तपाईंहरूले गरेको कार्यले समाजमा सामाजिक भावना पैदा हुने एक अर्का प्रतिको धार्मिक, आर्थिक, सामाजिक संस्कृतिको विकास हुने विश्वास लिएको उनकाे भनाइ छ ।