कालीकाेटमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गयाे

महेश चाैलागाँई २८ जेष्ठ २०८०, आईतवार ०६:४४

कालीकाेटकाे शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।

कालीकाेटकाे बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा जीप चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरकाे ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनु भयाे । घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे रिमालले बताउनु भयाे ।

Next Post

राप्रपाले माग्याे प्रधानमन्त्रीकाे राजीनामा, सांसद शाहीले लगाए गम्भीर आरोप

२८ जेष्ठ २०८०, आईतवार ०६:४४
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेकाे छ। प्रधानमन्त्रीविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएकाले तत्कालन राजीनामा दिनुपर्ने राप्रपाको भनाइ छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नैतिकताका आधारमा प्रचण्ड प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने तर्क गरेका छन्। उनले राजीनामा दिएर प्रधानमन्त्रीले अदालती प्रक्रियालाई निष्पक्षरुपले अघि बढ्न दिनुपर्ने धारणा समेत राखेका […]