गगन थापा बिना सुरु भयो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक,

हिमशिखर संवाददाता ६ चैत्र २०८२, शुक्रबार १६:२५

ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।

केहीबेर अघि सुरु भएको उक्त बैठकमा महत्वपूर्ण दुई एजेन्डामाथि छलफल हुने जनाइएको छ।

बैठकमा हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने र पार्टीका सभापति गगन थापा ले दिएको राजीनामाबारे छलफल गरिनेछ।
पार्टी स्रोतका अनुसार, थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा मार्फत बुझाएका थिए।

यद्यपि, आजको बैठकमा थापा भने उपस्थित भएका छैनन्।

Next Post

कालीकोटमा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

६ चैत्र २०८२, शुक्रबार १६:२५
जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर […]