विश्व वातावरण दिवस : डोजरे विकास र प्लास्टिक प्रयोगमा रोक लगाउन जोड 

महेश चाैलागाँई २२ जेष्ठ २०८०, सोमबार २३:१०

जुम्लामा सोमबार ५० औँ विश्व वातावरण दिवस मनाइएको छ । वन डिभिजन कार्यालयको परिसरमा वृक्षारोपण, सहित कर्णाली प्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयको संयुक्त र्‍यालीपछि आयोजित अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको छ । वन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले डोजरे विकास र प्लास्टिक प्रयोगमालाई निरुत्साहित गर्दै वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वातावरणमैत्री नीति निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कनको कार्यान्वयन गरी पूर्वाधार विकास गर्न जरुरी छ । जल,जमिन, जङ्गलको संरक्षण विना विकासको अर्थ छैन । वातावरण संरक्षणका क्षेत्रमा समेत स्थानीयतहले लगानी बढाउन जरुरी छ ।”

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अब तीनै तहका सरकारले विकास आर्थिक, सामाजिक र वातावरणीय विकासमा जोड दिनुपर्ने बताउनुभयो । डोजरे विकासको अन्त्य,प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक,वृक्षारोपण कार्यक्रममा लगानी जस्ता विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले वातावरण संरक्षणका लागि सरकारी निकायसँगै स्थानीय नागरिकको सक्रियता पनि जरुरी रहेको बताउनुभयो । वनमा आगो लगाउनु हुदैन्,एक रुख काटे कम्तीमा ५ बिरुवा रोप्नु पर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको उहाँको भनाई छ ।

हरेक वर्ष जेठ २२ गते औपचारिक रुपमा मनाइने विश्व वातावरण दिवस वातावरण संरक्षणका चिल्ला कुरा मात्र गरेर सम्भव नभएकोले नीतिगत रूपमै जुम्लाले काम गर्नुपर्ने अवस्था आएकोमा सरोकारवालाको जोड छ ।

साथै प्लास्टिक प्रयोगलाई न्युनिकरणका लागि आफैबाट सुरुवात गर्न र स्थानीयतहले डोजरे विकासमा नियन्त्रण गर्न समेत सुझाव दिएका छन् । वातावरण दिवसका अवसरमा वन कार्यालयले वन जङ्गलमा आगलागी नियन्त्रणमा योगदान गर्ने तीनवटै सुरक्षा निकायलाई नगद सहित सम्मान गरेको छ

 

Next Post

म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गयो

२२ जेष्ठ २०८०, सोमबार २३:१०
म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकाे नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा साेमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी […]

सम्बन्धित समाचार