पूर्व गाविस अध्यक्ष तिर्थराज भारतीको निधन, चन्दननाथ नगरपालिकामा सार्वजनिक बिदा घोषणा

महेश चाैलागाँई ५ श्रावण २०८२, सोमबार ११:१२

चन्दननाथ नगरपालिका–४ निवासी तथा माविक चन्दननाथ गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी तिर्थराज भारतीको ८३ वर्षको उमेरमा असामयिक निधन भएको छ । स्वर्गीय भारतीको निधन २०८२ साउन ४ गते दिउँसो ३ बजे भएको पुष्टि गरिएको छ ।

उहाँको निधनले चन्दननाथ नगरपालिका क्षेत्र शोकमा डुबेको छ । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका भारतीले आफ्नो जीवनकालमा जनसेवा, नेतृत्व र विकासका विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले नगरपालिका मात्र नभई सम्पूर्ण जिल्लालाई ठूलो क्षति पुर्‍याएको जनाइएको छ ।

यस शोकपूर्ण घडीमा चन्दननाथ नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गीय तिर्थराज भारतीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै नगरपालिका भित्रका सबै कार्यालय तथा निकायहरूमा २०८२ साउन ५ गते (सोमबार) का दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी नगरपालिकाले दिएको छ ।

नगरपालिकाका अनुसार स्व. भारतीको योगदानको सम्मानस्वरूप एक दिने सार्वजनिक बिदा दिइएको हो । नगरबासी, कर्मचारी र सरोकारवालाहरुलाई यस सन्दर्भमा जानकारी गराउँदै नगरपालिका प्रशासनले सम्बन्धित सबैलाई सहकार्य र समवेदनाको भाव व्यक्त गर्न आग्रह गरेको छ । –  कनाका खबर 

Next Post

उच्च अदालत सुर्खेतको जुम्ला ईजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट

५ श्रावण २०८२, सोमबार ११:१२
उच्च अदालत सुर्खेत अन्तर्गत रहेको जुम्ला इजलासले आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका कुल २१७ मुद्दामध्ये २०२ वटा अर्थात् ९३.०८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। जुम्ला इजलासले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रगति विवरणअनुसार, सो अवधिमा १९१ नयाँ मुद्दा दर्ता भएका थिए भने २६ वटा मुद्दा अन्यत्रबाट सरुवा […]

सम्बन्धित समाचार