गुठिचाैर ४ मा बाल भेला सम्पन्न, बाल भेला बाट उठेका माग सम्बाेधन गर्ने प्रतिवद्वता

महेश चाैलागाँई २ जेष्ठ २०८१, बुधबार २०:१८

 

गुठिचौर गाउँपालिका वडा नम्वर ४ मा वडा स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । गुठिचौर गाउँपालिका महिला तथा बालबालिका शाखा जुम्लाको आयोजना, वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको समन्वयमा उक्त कार्यक्रम गुठिचौर गाउँपालिकाको वडा नम्वर ४ मा सम्पन्न भएको हो । बाल सँरक्षण परियोजना अन्र्तगत स्थानीय सरकारको योजना निर्माणमा बालबालिकाको सहभागीता गराइ उनीहरुको माग सम्बोधन गरीनुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरएिको गरिएको किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक रामशंकर दवाडीले बताउनभुयो । उहाँका अनुसार कार्यक्रममा बिषय बस्तुको बारेमा जानकारी गराउदे योजना निर्माण गर्दा बालबालिकालाइ अनिबार्य सहभागीता गराउनुपर्ने प्रावधान रहेकाले स्थानीय सरकारले उक्त कुरामा ध्यान दिदै यस्ता योजनन निर्माण गर्दा बालबालिकाको सहभागीता अनिबार्य गर्नुपर्ने र माग सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँका अनुसार बाल भेला बाटआर्थिक वर्ष २०८१÷८२ मा वडा तथा गाउँपालिका र किर्डाक नेपाल, र बिभिन्न सरोकारवाला निकाया सँग समन्वय गरि निणर्य पेश गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, सरोकमरवाला सँग बिद्यालयमा शैक्षिक सामाग्री उपलब्धताका लागि पहल गर्नुपर्ने, बाल विवाह छाउपडी तथा धुम्रपान रोकथामका लागि बिभिन्न अभियान, क्रियाकलाप तथा बनेका कानुनको प्रभावकारी कार्यन्वन गर्ने जस्ता कुरा बाल भेलामा उठेको बचाउनुभयो । यस्तै बालबालिकालाई बाल अधिकार तथा बाल संरक्षण सम्बनधी बिभिन्न क्रियाकलाप गर्नुपर्ने, बालबालिका प्रोफाईल आचार संहिता निर्माण कार्यन्वयन र महिला तथा बाल हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरिनुपर्ने, बालमैत्री संरचना निर्माणमा जनप्रतिनिधि तथा कर्मचारीहरलाई अभिमुखिकरण गर्नुपर्ने, जातिय बिभिेद सम्बन्धी जनचेतनामुलक कार्यक्रमका लागि सामाग्री उपलब्धता गराईनुपर्ने र बिद्यालयमा बालमैत्री धारा तथा शौचालय बनाईनु पर्ने कुरा बाल भेला बाट निस्केको बताउनुभयो । यस्तै बाल भेला कार्यक्रममा बोल्र्दै गुठिचौर गाउँपालिका नम्बर ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले बालबालीकाको लागि हामी जनप्रतिनिधि सँधै साथमा रहेको बताउनुभयो । उहाँका अनुसार बाल भेला बाट उठेका सबै कुराहरु आर्थिक वर्ष २०८१÷८२ को निति तथा कार्यक्रममा समाबेश गरि कार्यन्वयन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, हामी बोहि कसैले पनि बाल हिंशा, महिला हिंशा जस्ता कार्य नगर्न पनि उहाँले सुझाव दिनुभएको छ । वडाअध्यक्ष न्यौपानेका अनुसार बाल भेला बाट आएका योजनाहरुको माग लाई आर्थिक वर्ष २०८१÷८२ मा कार्यपालिकामा पेश गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । आफु निर्बाचित भैसके पछि बालबालिकाको हक अधिकारको क्षेत्रमा गम्भिर रहेको बताउनुभयो । साथै उहाले आफुले योजना निर्माण गर्दा बालबालिकालाइ नछुटाउने र उनीहरुको हक अधिकारको लागी बालबालिकाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Next Post

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ जेष्ठ २०८१, बुधबार २०:१८
दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको मिनी बस सोमबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनिबस सुर्खेतको वीरेन्द्रनगर नजिकै सुर्खेत-दैलेख सडक खण्डमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतकको सनाखत हुन सकेको […]