जिबी राईको पासपोर्ट रद्द गर्न अदालतको आदेश

हिमशिखर संवाददाता ५ माघ २०८१, शनिबार ०८:१६

जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी)को पासपोर्ट रद्द गर्न आदेश दिएको छ।

शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले जिबीको पासपोर्ट रद्द गर्नलाई आदेश दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए।

जिबी हाल कहाँ छन् भन्नेसमेत प्रहरीलाई थाहा छैन। उनी पछिल्लो समय मलेसियामा रहेको सरकारी अधिकारीले नै भनेका थिए।

त्यसपछि उनलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी भइरहेको भनिएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

जिबीले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मीलगायतको कराेडौँ रकम अपचलन गरेको मुद्धा लागेको छ।

Next Post

जुम्ला मा मानव अधिकार सन्जालकाे समन्वयमा दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न

५ माघ २०८१, शनिबार ०८:१६
जुम्लामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सवारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सवारी साधनहरूलाई सुरक्षित रूपमा सञ्चालन गर्न तथा दुर्घटनाबाट जोगिनका लागि सचेतना अभिवृद्धि गर्न आज सदरमुकाम खलंगा बजारस्थित अटो पार्कमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख उद्देश्य सवारी दुर्घटनाका कारण हुने जनधनको क्षतिलाई न्यूनतममा झार्नु तथा चालक, सहचालक […]