तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हावाहुरीको सम्भावना

हिमशिखर संवाददाता ५ चैत्र २०८२, बिहीबार १८:१०

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न स्थानमा प्रतिकूल मौसम रहने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

त्यस्तै, दाङ, नेपालगञ्जलगायत लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने (झन्डै ९९ किलोमिटर प्रतिघण्टासम्म) सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको छ। पछिल्ला दिनहरूमा यस्ता घटनाबाट मानवीय क्षति समेत भएको उल्लेख गरिएको छ।

नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरी चल्दा घरभित्र सुरक्षित रहन, झ्यालढोका राम्ररी बन्द गर्न तथा खुला स्थानमा नरहन आग्रह गरिएको छ। साथै, यात्रा गर्दा सावधानी अपनाउन, सवारीसाधन सुरक्षित स्थानमा राख्न र भीडभाडबाट टाढा रहन पनि सुझाव दिइएको छ।

त्यसैगरी, विद्युत्का तार तथा कमजोर संरचनाबाट टाढा रहन, हावाहुरीको समयमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानमा नबस्न समेत अनुरोध गरिएको छ।

प्राधिकरणले मौसमसम्बन्धी जानकारी नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ

Next Post

जुम्लामा प्रधानमन्त्री कार्कीको सुरक्षा निकायसँग अन्तरक्रिया

५ चैत्र २०८२, बिहीबार १८:१०
जुम्ला, फागुन — कर्णाली प्रदेशको भ्रमणमा रहेकी प्रधानमन्त्री सुशीला कार्की जुम्ला आइपुगेकी छिन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा नागरिकलाई धन्यवाद व्यक्त गर्ने उद्देश्यले प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा निस्किएकी हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार निर्वाचनअघि निरीक्षण भ्रमणका क्रममा कर्णाली […]