नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

महेश चाैलागाँई १३ श्रावण २०८२, मंगलवार १४:४०

जुम्लाको एक सरकारी टोली सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित बडिमालीका भगवती मन्दिरको पुजाँआजाका त्यस तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्नु बहादु महतकाे नेतृत्वमा केहि भक्तजन, पुजारी सहितको टोली बडिमालिका प्रस्थान गरेको हो ।

हरेक वर्ष साउन शुक्ल पुर्णिमा नाकपन्चमीका दिन तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा बडिमालिकाको पुजा गर्ने प्रचलन अनुसार विहिबार जुम्लाको टोली बडिमालिका गएको छ । नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, बाबा चन्दननाथ र दरवार मालिकाको सलामी अर्पण पछि पुजाको डोली सहित बडिमालिका हिडेको टोलीलाई विदाई गरिएको हो ।

नेपाली सेनाले पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर सम्मानका साथ जुम्लाको टोलीलाई बजारका लागि बिदाई गराउने परम्परा  रहेकाे छ । परम्परादेखि नै हरेक नाग पन्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ ।बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पुजाँ गर्ने चलन छ । नेपाली सेनाको सलामी सहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनीधिहरुले फूलमाला अबिर सहित बिदाई गरेका छन ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ । नागपन्चमीका दिन गएको टोली कृष्णजन्माअष्टीको अघिल्लो दिन मात्रै जुम्ला पुग्छ  । भने विहिबार बडिमालि तर्फ हिडेको जुम्लाको सरकारी टोली अबको १८ दिनपछि जुम्लामा पुग्ने छ ।

Next Post

जुम्ला तोपानीका दुई युवा नेता एमाले परित्याग गरी कांग्रेसमा प्रवेश

१३ श्रावण २०८२, मंगलवार १४:४०
तातोपानी गाउँपालिका अन्तर्गतका दुई जना प्रभावशाली युवा नेता एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका लालबहादुर बिष्ट र मीनबहादुर शाहीले अबको यात्रालाई कांग्रेसमार्फत् अघि बढाउने घोषणा गरेका हुन्। तातोपानी गाउँपालिका–६ निवासी लालबहादुर बिष्ट विगत १४ वर्षदेखि एमालेको इलाका सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। […]

सम्बन्धित समाचार