श्रम गरेकाे ज्याला नपाए पछि कामदार मिडियामा

महेश चाैलागाँई २ श्रावण २०८२, शुक्रबार १७:४१

तिला गाउँपालिका–४ नुवाकोटका दलबहादुर नेपाली सहितका कामदारहरूले आफुहरूले गरेको श्रमको ज्याला अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।

कामदारहरूका अनुसार उनीहरूले डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–२ झ्याकोटमा भवन निर्माण र जुम्लाको सिँजा गाउँपालिकाको जाँचमा खानेपानी निर्माण कार्य गरेका थिए ।

तर, त्यसको पारिश्रमिक अहिलेसम्म नपाएको उनीहरूको आरोप छ । कामदार दलबहादुर नेपालीका अनुसार डोल्पामा २०८० सालमा गरिएको कामको साढे ३ लाख रुपैयाँ र सिँजामा २०८१ सालमा गरिएको कामको ६ लाख ९५ हजार रुपैयाँ ठेकेदारले अहिलेसम्म नबुझाएको बताए ।

“डोल्पामा ४० जना र सिँजामा ३१ जना गरी कुल ७१ कामदारले पारिश्रमिक पाउन बाँकी रहेको नेपालीको भनाइ छ । उहाँका अनुसार जाजरकोटका राजेन्द्र रसाइली नाम गरेका ठेकेदारले दुईवटै स्थानमा काम गराएर पैसा नदिई हाल सम्पर्कविहीन भएको आरोप लगाए ।

कामदारहरूले सम्बन्धित निकायसँग न्याय माग्दै ठेकेदार विरुद्ध छानबिन र कारबाहीको माग गरेका छन् । श्रमको मूल्य नपाएर अन्यायमा परेका कामदारहरूले पत्रकारहरू मार्फत न्याय खोज्ने प्रयास थालेका छन् ।

काम गरेर पनि पारिश्रमिक नपाउनु मजदुर माथिको अन्याय भएको दलबहादुर नेपालीको भनाइ छ । उहाँले ठेकेदार विरुद्ध सम्बन्धित निकायमा आवाज उठाउन पत्रकारहरूलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कामदारहरूले ठेकेदारलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ठेकेदार रसाइली हाल सम्पर्कविहीन रहेको कामदारहरूको बताएका छन् ।

“फोन गर्दा पनि उठाउँदैनन्, पैसा नदिई भाग्नु भएको छ” दलबहादुर नेपालीले बताए ।
उनले थपे, श्रम गरेर पेट पाल्ने मजदुरमाथि अन्याय भएको छ ।

यस्तो अवस्थाको विरुद्धमा पत्रकार, नागरिक समाज र राज्यले आवाज उठाउई दिनु पर्ने उनकाे भनाइ छ ।

Next Post

सहयात्रा तेस्रो परियोजनाअन्तर्गत ५ दिने जलवायु न्याय तथा विपद् व्यवस्थापन तालिम आज देखि सुरु

२ श्रावण २०८२, शुक्रबार १७:४१
सहयात्रा तेस्रो परियोजनाअन्तर्गत स्थानीय युवाहरुलाई लक्षित गर्दै जलवायु न्याय तथा विपद् व्यवस्थापन सम्बन्धी ५ दिने प्रशिक्षण तालिम आज देखि सुरु भएको छ ।   किडाक नेपाल , सेफ द  चिल्ड्रेन काे आर्थिक सहयाेग मा तालिम सन्चालन भएको हाे । तालिममा जुम्ला र कालिकोट गरेर २६ जना युवा र पत्रकार काे सहभागीता […]

सम्बन्धित समाचार