सहयात्रा तेस्रो परियोजनाअन्तर्गत ५ दिने जलवायु न्याय तथा विपद् व्यवस्थापन तालिम आज देखि सुरु

महेश चाैलागाँई २ श्रावण २०८२, शुक्रबार १८:२७

सहयात्रा तेस्रो परियोजनाअन्तर्गत स्थानीय युवाहरुलाई लक्षित गर्दै जलवायु न्याय तथा विपद् व्यवस्थापन सम्बन्धी ५ दिने प्रशिक्षण तालिम आज देखि सुरु भएको छ ।   किडाक नेपाल , सेफ द  चिल्ड्रेन काे आर्थिक सहयाेग मा तालिम सन्चालन भएको हाे । तालिममा जुम्ला र कालिकोट गरेर २६ जना युवा र पत्रकार काे सहभागीता रहेकाे छ

तालिमको उद्देश्य जलवायु परिवर्तनका असरबारे सचेतना फैलाउनु, युवालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सक्षम बनाउनु, र दिगो वातावरणीय कार्यका लागि नेतृत्व विकास गर्नु रहेको सहभागी  दिपेश आचार्य ले जानकारी दिएका छन ।

तालिममा सहभागी युवाहरुलाई जलवायु न्याय, प्राकृतिक प्रकोपको पूर्वतयारी, बाढी, पहिरो, डढेलो लगायत विपद्को व्यवस्थापन, स्थानीय स्रोत परिचालन, र समुदायस्तरमा पूर्वसूचना प्रणालीको प्रयोगबारे व्यवहारिक  जानकारी दिइएको थियो।

सहभागीहरुले तालिमले आफूहरुलाई जलवायु मुद्दामा जानकार र सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित बनाएको  कालिकोट बाट सहभागी युवा अस्मिता जैसी ले प्रतिक्रिया दिएका छन्।

Next Post

पूर्व गाविस अध्यक्ष तिर्थराज भारतीको निधन, चन्दननाथ नगरपालिकामा सार्वजनिक बिदा घोषणा

२ श्रावण २०८२, शुक्रबार १८:२७
चन्दननाथ नगरपालिका–४ निवासी तथा माविक चन्दननाथ गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी तिर्थराज भारतीको ८३ वर्षको उमेरमा असामयिक निधन भएको छ । स्वर्गीय भारतीको निधन २०८२ साउन ४ गते दिउँसो ३ बजे भएको पुष्टि गरिएको छ । उहाँको निधनले चन्दननाथ नगरपालिका क्षेत्र शोकमा डुबेको छ । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै […]