छानबिन समिति गठनसँगै डिकेशनाथ योगीको शव अन्त्येष्टि गरिदै

महेश चाैलागाँई ३ भाद्र २०८२, मंगलवार १०:४९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका डिकेशनाथ योगीको शव मंगलबार आफ्नतले बुझेका छन ।  उपचारमा लापरबाही भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेपछि प्रतिष्ठान प्रशासन र आफन्तबीच शनिबार  विस्तृत वार्ता भएको थियो। सोही वार्तामा भएको सहमति अनुसार मंगलबार बिहान शव आफन्तले बुझेर अन्त्येष्टि गरेका हुन्।

स्थानीयवासीले प्रतिष्ठानमा पटक, पटक लापरबाही, सेवामा ढिलासुस्ती र व्यवस्थापनमा कमजोरीको गुनासो गर्दै आएका छन्। यस घटनाले फेरि एकपटक प्रतिष्ठानको सेवा गुणस्तर र उत्तरदायित्वबारे प्रश्न उठाएको छ।

मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिएअनुसार, डिकेशनाथ योगीको मृत्यु सामान्य उपचार प्रक्रियामा देखिएको लापरबाहीकै कारण भएको हो भन्ने आफन्तको विश्वास छ। यही कारण शव बुझ्न अस्वीकार गर्दै आफन्तले प्रतिष्ठान प्रशासनसँग आवश्यक कदम चाल्न माग गरेका थिए। लामो छलफलपछि मृतकका परिवारजन र प्रतिष्ठानबीच केही सहमति बनेपछि अन्तत शव बुझ्ने र अन्त्येष्टि गर्ने निर्णय भएको हो।

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष छानबिन समिति गठन गरेको छ। समिति अहिले सक्रिय रहेको छ भने प्रतिष्ठानभित्र देखिएका बेथिति, अनियमितता र व्यवस्थापकीय कमजोरीबारे अध्ययन गरेर आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ।

स्थानीयवासीले प्रतिष्ठानमा पटक, पटक लापरबाही, सेवामा ढिलासुस्ती र व्यवस्थापनमा कमजोरीको गुनासो गर्दै आएका छन्। यस घटनाले फेरि एकपटक प्रतिष्ठानको सेवा गुणस्तर र उत्तरदायित्वबारे प्रश्न उठाएको छ। आफन्तले मागअनुसार छानबिन निष्पक्ष ढंगले सम्पन्न भई दोषीलाई कारबाही गर्न सकियो भने मात्र यस्ता घटना दोहोरिन नदिने विश्वास लिइएको छ।

Next Post

रोकायाले दिए प्रतिबद्धता बिरामीलाई सकेसम्म बाहिर रिफर नगर्ने

३ भाद्र २०८२, मंगलवार १०:४९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. पुजन कुमार रोकायालाई नेपाल पत्रकार महासंघ जुम्ला ले मंगलबार विशेष कार्यक्रममार्फत स्वागत तथा बधाई गरेको छ। महासंघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष पूर्णप्रसाद चौलागाईंले कर्णालीकै सन्तानले प्रतिष्ठानको नेतृत्व पाउनु गौरवको विषय भएको टिप्पणी गर्दै शुभकामना दिएका थिए। उक्त अवसरमा उपकुलपति रोकायाले प्रतिष्ठानको चुनौती र […]