तनहुँ–१ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

हिमशिखर सम्वाददाता काठमाण्डौ १२ बैशाख २०८०, मंगलवार ०५:२५

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १५ हजार बढी मतले हराएका हुन्।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का सर्वेन्द्र खनालले८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्।

तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्।

Next Post

दलबहादुर र मञ्जुले उचाले चाैथाे जुम्ला-रारा अल्ट्रा म्याराथनकाे उपाधि

१२ बैशाख २०८०, मंगलवार ०५:२५
चाैथाे जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीकाे जुम्ला-रारा म्याराथन दौडकाे उपाधी पुरुष तर्फ दलबहादुर र महिला तर्फ मन्जुले जित्नु भएकाे हाे । कुवंरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा ४९ किमि दुरि पार गरी प्रथम भएका हुन् । […]