नेपाली कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका २२ उम्मेदवार सिफारिस

महेश चाैलागाँई २९ मंसिर २०८२, सोमबार १७:३७

नेपाली कांग्रेस जुम्लाले आगामी निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका गरि २२ उम्मेदवारहरू सिफारिस गरेको छ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेस जुम्लाका सभापति कर्ण बहादुर शाही, निर्वतमान सांसद कान्तिका सेजुवाल, पूर्ण प्रसाद आचार्य र खड्ग बहादुर सेजुवाललाई सिफारिस गरिएको छ।
त्यस्तै समानुपातिकतर्फ पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, धन बहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा सहित १४ जनाको नाम सिफारिस गरिएको छ।
यसैगरी राष्ट्रिय सभातर्फ कांग्रेसका वर्तमान कर्णाली प्रदेशका सभापति ललितजङ्ग शाही, पूर्व राज्य मन्त्री भक्त बहादुर रोकाया सहित चार जनालाई सिफारिस गरिएको छ।
नेपाली कांग्रेस जुम्लाका जिल्ला कार्य समिति सदस्य महेन्द्र कार्कीले दिएको जानकारी अनुसार पार्टीको आन्तरिक छलफल तथा मापदण्डअनुसार उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।
पार्टीले सिफारिस सूचीलाई केन्द्रमा पठाइसकेको र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने कार्कीको भनाइ छ।

Next Post

जुम्लामा दुई किशोरीको झुण्डिएर मृत्यु

२९ मंसिर २०८२, सोमबार १७:३७
  जुम्लामा सोमबार दुई फरक स्थानमा दुई किशोरीको झुण्डिएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीका  अनुसार तातोपानी गाउँपालिका–२ जर्मी निवासी वमबहादुर रावलकी १४ वर्षीया छोरी पुष्पा रावल आफ्नै घरको कोठाभित्र काठको कडिमा रातो दोबाटोले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। सोमबार बिहान करिब […]