जुम्ला बहुमुखि क्याम्पसका स्नातकोत्तर तह दाेस्राे बर्षका बिद्यार्थी हरू मर्कामा परेकाे छन ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बार्षिक परीक्षा प्रणाली अन्तरगत सञ्चालन हुने परीक्षा केन्द्र मर्ज गर्दा जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू परीक्षा दिन सुर्खेत जानुपर्ने भएकाेले जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू मर्कामा परेका हुन ।
देसमा संघियताकाे अभ्यास भैरहेकै समयमा जुम्लाको परीक्षा केन्द्र सुर्खेतमा सारिनु कुनैपनि काेणबाट ठिक नहुने जुम्ला बहुमुखी क्याम्पसबाट परीक्षा फर्म भरेकी परिक्षार्थी पुष्पा थापाले हिमशिखर अनलाइनलाई जानकारी दिइन ।
आफुहरू परिक्षाकाे तयारी गरिरहेकै बेला अन्तिम समयमा क्याम्पसले परिक्षा केन्द्र परिवर्तनको जानकारी गराएकाे र भाैगाेलिक विकताकाे करण परीक्षा दिन असहज भएकाे अर्कि परिक्षार्थी लक्ष्मी परियारले जानकारी दिइन ।
काेभिडकाे समयमा अधिकाँस परिक्षाहरू हाेम सेन्टरकाे कन्सेप्टमा चलिरहेकै बेला त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र मर्ज गर्नु गलत भएकाे अर्का परिक्षार्थी दानबहादुर शाहीकाे गुनासाे छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थी संख्याकाे आधारमा परीक्षा केन्द्र ताेक्ने भएकाेले स्नातकोत्तर तह दाेस्राे बर्षका आंशिक परिक्षार्थीकाे हकमा मात्र परीक्षा केन्द्र सुर्खेत भएकाे र सेमिस्टार प्रणालीमा सञ्चालन हुने अन्य परीक्षा केन्द्र जुम्लामै हुने जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा.ओम प्रकाश अचार्यकाे भनाइ छ ।
परीक्षा केन्द्र सुर्खेत हुने भएपछि आफुहरूले परिक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलय नेपालगन्ज संग पनि अनुराेध गरेकाे तर विद्यार्थी संखया १२ जना मात्र भएकाले जुम्लामा परीक्षा केन्द्र कायम नभएकाे क्याम्पस प्रमुख आचार्यले बताए।