ललितपुरमा हाेली खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाकाे मृत्यु

हिमशिखर संवाददाता १२ चैत्र २०८०, सोमबार ०८:१९

ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ।

गएराति ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृत्यु हुनेमा अन्दाजी २८-२९ वर्षका पूजन राई र राेवस राई रहेका छन्। पाँचथर घर भएका उनीहरु दुवै जना खुमलटारमा बसोबास गर्दै आएका थिए।

झडपका क्रममा उनीहरुमाथि छुरा प्रहार भएकाे थियाे। छुरा प्रहारबाट घाइते भएका पूजनकाे सुमेरु हस्पिटल र राेवसकाे पाटन हस्पिटलमा मृत्यु भएकाे हाे।

घटनामा संलग्न १८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेकाे छ।

Next Post

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

१२ चैत्र २०८०, सोमबार ०८:१९
त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशाेरलाई प्रहरीको जिम्मा लगाएकाे केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो । एसईई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । पक्राउ पर्ने किशाेर त्रिभुवन माविमा […]