विमान दुर्घटना: भाेलि राष्ट्रिय झण्डा आधा झुकाइने

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १७:४०

सरकारले पाेखरामा भएकाे विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै भाेलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले आइतबारकाे मन्त्रिपरिषद्‍को निर्णयअनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाएकाे छ। त्यसैगरी भाेलि अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणासमेत गरेको छ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ।

Next Post

विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन

१ माघ २०७९, आईतवार १७:४०
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा हुनुहुन्थ्यो । त्यसकै निम्ति उहाँ बैठकको मिति तय गर्न काठमाडौं आउनु भएको थियो । पाैडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा पर्नुभएकाे […]

सम्बन्धित समाचार