जुम्ला – सिजा गाउँपालिका, कारितास जर्मनी, कारितास नेपाल, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको संयुक्त आयोजनामा सिजा गाउँपालिकामा विपद् व्यवस्थापनसम्बन्धी कृतिम अभ्यास सम्पन्न भएको छ।
यस्ताे अभ्यासले नागरिकलाई विपद्को बेला नआत्तिकन आफू सुरक्षित हुने र समुदायलाई जोगाउने क्षमता प्रदान गरेको छ।

अभ्यासमा आगलागीयस्तो नियन्त्रणका लागि कम्बल र हात प्रयोग गर्ने तरिका, बाल्टिन प्रयोग, भीरबाट सुरक्षित अवतरण, खोला करसिन र भूकम्पीय सुरक्षा जस्ता विपद्को बेलामा अपनाउनुपर्ने व्यावहारिक सीपहरू सिकाइएका थिए।

पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टका अनुसार यस्तो अभ्यासले नागरिकलाई विपद्को बेला नआत्तिकन आफू सुरक्षित हुने र समुदायलाई जोगाउने क्षमता प्रदान गरेको छ।

अभ्यासमा स्थानीय विपद् व्यवस्थापन समिति, वडा समिति, समुदायस्तरीय विपद् समिति, विपद् कार्यदल, बाल क्लब, विद्यालयका विद्यार्थी र स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।



