जुम्लि फुजि स्याउ कुहिदाँ १० लाखको घाटा

महेश चाैलागाँई ११ फाल्गुन २०७९, बिहीबार ०६:०३

जुम्लाका व्यापारी देउक्रषि चौलागाईले विक्रीका लागि जुम्लाबाट स्याउ नेपालगन्ज पुराएका थिए । उनले नेपालगन्जबाट मुलुकका विभिन्न शहरमा स्याउ विक्री गर्दै आएका छन् । जुम्लाबाट नेपालगन्ज विक्रीका लागि ल्याईको जम्मा ३० टन स्याउ मध्य ४ टन स्याउ विक्री नहुँदै कुहिएको छ । जुम्ली किसानबाट एकमुष्ट खरिद गरेर ल्याएको ३० टन मध्य ४ टन स्याउ कुहिएपछि करिब १० लाखबढी घाटा लागेको चौलागाईले जनाकारी दिए ।
जिल्लामा राम्रोसंग ग्रेडिङ,लेबलिङ प्याकेजिङ तथा स्याउको बिन्डा नफालेरै कार्टुनमा राखिएको ४ टन स्याउ कुहिएको कैलाश जनरल स्टोरका संचालक देउक्रषि चौलागाईले बताए । उनले भने,“करिब ८० लाखको ३० टन स्याउ नेपालगन्ज ल्याइएको थियो । त्यस मध्य ४ टन झण्डै १० लाखको स्याउ कुहियो । भने २४ टन स्याउ मुलुकका विभिन्न शहरमा विक्री भयो । हाल २ टन मात्रै मौज्दात छ ।”
दशैमा विक्री हुने स्या उगत असोजमा बाढी पहिरोपछि झण्डै एक महिना कर्णाली राजमार्ग अबरुद्ध हुनु र सडक खुलेपनि खाल्डाखुल्डी सडकले स्याउलाई थप असर पारेको व्यापारी चौलागाईको भनाई छ ।
उनका अनुसार जुम्लाबाट ३० टननै फुजी जातको स्याउ ल्याइएको थियो । त्यस मध्य गुठिचौर एग्रो फर्मबाट ल्याईएको २० टनभन्दा बढी स्याउमा कुनै खराबी नदेखिएको उल्लेख गरे । तर जुम्लाका अन्य किसान र समुहले उत्पादन गरेको फुजी स्याउ राम्रो संग ग्रेडिङ,लेबलिङ प्याकेजिङ तथा स्याउको बिन्डा नफाल्दा कुहिन पुगेको हो ।
कर्णाली राजमार्ग स्तरबृद्धि नुहँदा स्याउमा दाँग लागेको र नेपालगन्जको सुविधायुक्त कोल्ड स्टोरमा राख्दा पनि करिब १० लाख घाटा आउनेगरी स्याउ कुहिएको चौलागाईले बताए । उनका अनुसार बाँकी २ टन स्याउ विक्री भईरहेको छ । माग बढ्दो भएपनि ४ टन स्याउ कुहिँदा माग अनुसार पुर्ति गर्न नसकिएको उनको भनाई छ ।
जुम्ली स्याउको बजार प्रर्बद्धनका लागि कर्णाली राजमार्गको स्तरबृद्धिमा तीनै तहका सरकारले समन्वय सहकार्य तथा प्रयाप्त लगानी गर्नुपर्नेमा चौलागाँईको जोड छ ।

Next Post

जोमसोममा भएकाे तारा एअरकाे जहाज दुर्घटनामा चालक दलको त्रुटि : आयोगको प्रतिवेदन

११ फाल्गुन २०७९, बिहीबार ०६:०३
मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएकाे छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो । २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त […]