तिला नदिमा नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु

के .बि अछुत ६ असार २०८१, बिहीबार १६:३८

जुम्लाको तिला नदिमा नुहाउने क्रममा नदीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छन् । तातोपानी गाउँपालिका वडा नम्बर २ निवासी १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउन गएकाे बेला बिहिवार दिउँसो नदिमा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

तातोपानी गाउँपालिका २ मा रहेको जर्मिकाे तातोपानी धारा नजिक तिला नदिमा नुहाउने क्रममा डाँगीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बिहिवार दिउँसो साथीसँग नुहाउने क्रममा तिला नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानाएकाे छ। करिव ४५ मिनेटकाे खाेजी कार्य पछि मरेकाे अबस्थामा फेला पारेकाे प्रहरीकाे भनाइ छ । जिल्ला प्रहरी कार्यालय जुम्ला, शसस्त्र प्रहरी बल तातोपानी, ईलाका प्रहरी कार्यालय तातोपानीका प्रहरि र स्थानीयहरूकाे तिव्र खाेजीकार्य पछि डाँगी मृत अबस्थामा फेला पर्नु भएकाे हाे ।

 

Next Post

पाेषण अबस्थालाई सुधार गर्न तिलाका ५० जना लाई पाेषण सामाग्री वितरण

६ असार २०८१, बिहीबार १६:३८
तिला गाउँपालिकाले पोषण अवस्थामा सुधार ल्याउन गाउँपालिका भित्रका १ दिख ९ नम्बर वडाका ५० जना बालबालिकालाई पाेषणका सामाग्री वितरण गरिएको छ । हेरचाहका कारण र पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरि उपाध्यक्ष कार्यक्रम अन्तरगत पोषण सामाग्री वितरण गरिएकाे हो । तिला गाउँपालिका भित्रका वडा नम्बर १ देखि […]